जनता टाइम्स

३ फाल्गुन २०७९, बुधबार १४:४७

राष्ट्रपति भण्डारीबाट आयुर्वेद शिक्षण अस्पताल भवन उदघाटन


दाङ, फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न गर्नुभएको छ ।

दाङको तुलसीपुर बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले भवनको अवलोकन पनि गर्नुभयो । बिसं २०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भएको थियो ।

नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो । उक्त भवन ३ तला र १ सय ८ कोठाहरु छन् । तल्लो तलामा आयुर्वेद अस्पताल सञ्चालनको व्यवस्था मिलाइएको छ। उक्त भवनमा आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको छ । जसमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन ।