जनता टाइम्स

१३ फाल्गुन २०७९, शनिबार १३:२२

यस्तो देखियो नेम्वाङको उम्मेदवारी दर्ता (फोटो फिचर)


काठमाडौं, १३ फागुन । नेकपा एमालेको तर्फबाट राष्ट्रपतिमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको छ । बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको हो । आज बिहान बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई उम्मेदवारी दर्ता गराउने निर्णय गरेसँगै एमाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी दर्ता गराउनका लागि एमालेका शिर्ष नेताहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुग्नुभएको छ । अध्यक्ष केपी ओलीलगायतको समर्थनमा नेम्वाङको उम्मेदवारी दर्ता गर्दा र प्रस्तावक पनि एमाले नेताहरु नै देखिनुभएको छ ।