जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार १४:१८

बलात्कार आरोपमा एक जना पक्राउ


भक्तपुर, १४ फागुन । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अछाम मेल्लेख गाउँपालिका–६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ ।

रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका–८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।