जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार १६:५९

काठमाडौंमा पहिलो हिउँदे बर्षा


काठमाडौं, १४ फागुन । आज काठमाडौंमा भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ ।

काठमाडौंसंगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ ।

यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपात भइरहेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।