पोखरा, १४ फागुन । कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको बहसको सुनवाई सकिएको हो ।
अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले आजै आदेश आउने सक्ने जानकारी दिनुभयो ।
अदालत परिसरमा सञ्चारकर्मीको भीड लागेको छ । कलाकार पल शाह सफाईको आदेश आउने प्रतिक्षामा रहेका छन् । उनलाई तनहुँ जिल्ला अदालतले यसअघि सफाई दिइसकेको छ । उनी यस आदेशवाट सफाई पाए भने डेढ बर्षपछि कारागार मुक्त हुनेछन, पाएनन् भने थप डेढ बर्ष कारागारमा रहनुपर्नेछ ।













प्रतिक्रिया दिनुहोस्