काठमाडौं, फागुन १५ । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८ मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेका ८ जना सरकारमा जानुभएको थियो । राजीनामा दिने अन्य मन्त्रीहरूमा परराष्ट्रमन्त्री विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वाला कुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी र स्वास्थ्यमन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेती हुनुहुन्थ्यो ।
एमालेको सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । निर्णयलगत्तै एमालेबाट सरकारको नेतृत्व गर्नुभएका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलसहित सवै मन्त्रीले प्रधानमन्त्रीसँग भेटेर राजीनामा बुझाउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्