जनता टाइम्स

१८ फाल्गुन २०७९, बिहीबार ११:३८

चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामी, यी हुन पदाधिकारी र सदस्य (सुचीसहित)


काठमाडौं, १८ फागुन । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित हुनुभएको छ । काठमाडौं बुधवार राती सम्पन्न २३ औं साधारण सभावाट बलामी ८३ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

बलामीसँग प्रतिस्पर्धा गर्नुभएका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत पाउनु भयो । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो । बलामी प्रेस चौतारी नेपाल एसोसियट इञचार्ज समेत हुनुहुन्छ ।

यस्तै उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित बिजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मत पाउनु भयो । यस्तै उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई बिजयी हुनुएको छ भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याएर बिजयी हुनुभयो । उउहाँका प्रतिस्पर्धी प्रदीप कार्कीले ७४ मतल्याउनु भएको छ ।

 


सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित, कोषाध्यक्षमा मनिष कार्की र सह कोषाध्यक्षमा मनिष दाहाल निर्वाचित हुनुभएको छ । अध्यक्ष र महासचिवलगायत अधिकांस पदमा नेकपा एमाले निकट प्रेस चौतारी आबद्ध पत्रकार बिजयी भका छन ।

बिजेताको सुचीः

अध्यक्षः समीर बलामी

उपाध्यक्ष कार्यक्रमः कुबेर गिरी

उपाध्यक्ष संगठनः विजय सुवेदी आवाज

उपाध्यक्ष महिलाः सुरक्षा भट्टराई

महासचिवः रघुनाथ सापकोटा

सचिव खुलाः नवीन गिरी

समावेशी सचिवः उद्धव रसाइली

समावेशी सदस्यः मोहम्मद जलिम

महिला सदस्यः सुष्मा कार्की

सदस्यहरुः

कृष्ण पाण्डे

अनुप भट्टराई

निशा बजगाई

अर्जुन गुरागाई

सिपी जैसी

सुरेन्द्र थापा