जनता टाइम्स

२५ फाल्गुन २०७९, बिहीबार १४:११

रवि लामिछानेले सत्ताबिरुद्ध कहिल्यै नलाग्ने कसम खाएपछि


काठमाडौं, फागुन २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकार र सत्ताबिरुद्ध कहिल्यै नलाग्ने कसम खानुभएको छ ।

आज बसेको पार्टीको बैठकमा लामिछानेले सरकारबिरुद्ध जानु भनेको आत्महत्या सरह रहेको भन्दै सँधै सत्तामै रहिरहने नीति अबलम्बन गर्नुपर्ने निश्कर्ष निकाल्नुभएको हो ।

यही निश्कर्षको आधारमा सो पार्टीले राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गराउनु भएको छ । रास्वपाले आज पौडेललाई मतदान गर्ने निर्णय गर्दै मतदाता भडकिने डरले निर्णय सार्वजनिक भने नगर्ने निश्कर्ष निकालेको हो । सो निर्णयअनुसार रास्वपाका सवै सांसदहरुले पौडेललाई मतदान गरेका छन ।

अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता नलिएको कारण सर्वाेच्च अदालतको फैसलासँगै उपप्रधान तथा गृहमन्त्री र सांसद गुमाउनु भएका लामिछाने राहादानीको मुद्धा पनि कायमै रहेको कारण सत्तामा सधै रहने नीतिमा पुग्नुभएको हो ।

लामिछानेले सत्ताको बिरोधमा लाग्नु भनेको राजनीतिमा सवथोक गुमाउनु हो भन्ने आफ्नो निश्कर्षसमेत निकालेको आजको बैठकको निर्णयले देखाएको छ । सत्ता छाडनु हुन्न भन्ने मान्यताकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीलाई गृह मन्त्रालय नदिने बताए पनि सरकारलाई समर्थन गरेको थियो ।