काठमाडौं, २७ फागुन । सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो । बालुवाटारमा आज बिहान बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्