जनता टाइम्स

२७ फाल्गुन २०७९, शनिबार १६:०७

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त, सोमबार पत्रकार सम्मेलन गर्ने


चीन, २७ फागुन । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन हुनु भएको छ । ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गर्नुभएको हो ।

सोमबार बिहान १४ औँ राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) को पहिलो सत्रको समापनपछि ग्रेट हल अफ द पिपुलमा पत्रकारहरूसँग भेटघाट गर्ने प्रेस सेन्टरले जनाएको छ । कार्यक्रमलाई चाइना मिडिया ग्रुपले प्रत्यक्ष प्रसारण गर्नेछ भने सिन्ह्वा नेट डटकमले फोटो र टेक्स्टको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने पनि प्रेस सेन्टरले आज उल्लेख गरेको छ ।