जनता टाइम्स

२८ फाल्गुन २०७९, आईतवार १५:०३

ललितले लिए तीन विकेट, युएईको गुम्यो सातौं विकेट


काठमाडौं, फागुन २८ । नेपालले युएईको छैठौं वीकेट गिराएको छ । आज भएको खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको युएईको सातौं वीकेट झरेको हो । नेपाली स्पिनरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि युएईले १७.३ ओभरमा ७ विकेट गुमाएको हो ।

१७ औं ओभरको पहिलो बलमा युएईका लागि २९ रन बनाएर खेलिरहेका आयान अफजाल खानलाई ललितनारायण राजबंशीले कुशल भुर्तेलबाट क्याचआउट गराए । ३३ बल खेलेका उनले आउट हुनुअघि २ छक्का र २ चौका प्रहार गरेका थिए । यो ललितको तेस्रो विकेट हो।

यसअघि १४ औं ओभरको चौथो बलमा सन्दीप लामिछानेले युएईका रोहन मुस्ताफालाई एलबिडब्लुको धरापमा पार्दै नेपाललाई पाँचौ सफलता दिलाएका थिए । मुस्तफाले २९ बलमा १ चौकासहित ६ रन बनाएका थिए । त्यसअघि ललितनारायण राजबंशीले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिएका थिए ।

छैठौं ओभरको पहिलो बलमा सोमपाल कामीले आशिफ खानलाई विकेटकिपर आशिफ शेखबाट क्याचआउट गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए ।

त्यसअघि ललित राजवंशीले युएईका वृत्य अरिवन्दलाई इनिङ्ग्सको पाँचौ बलमा बोल्ड गर्दै सुरूआती सफलता दिलाएका थिए । तेस्रो ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरीले आर्यन लक्रालाई पनि शून्यमै बोल्ड गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । त्यतिबेला युएईले ६ रन मात्र जोडेको थियो।

यस्तै ललितले पाँचौ ओभरको चौथो बलमा मोहमद वासीमलाई ८ रनमा क्याच गराउँदै तेस्रो सफलता दिलाए। ललितले पहिलो र पाँचौ ओभर दुवैमा कुनै पनि रन नदिइ मेडन राखेका थिए। यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छँदा २४८ रनमा अलआउट भएको थियो ।