उनले दुई महिना अघि एउटा समिकरणब बनाउने र पछि अर्को समिकरण बनाएका कारण उनको बचेखुचेको लोकप्रियाताको ग्राफ नराम्रोसंग तल झरेको छ । प्रचण्डमाथि प्रहार गर्ने यो सुनौलो अबसरलाई पक्कै पनि देउवाले गुमाउने छैनन । वामपन्थी भन्ने शक्तिहरुलाई विभाजित गरेर राजनीतिक लाभ उठाउँदै आएका देउवालाई कतिखेर हतौडा उनीहरु माथि चलाउनु पर्छ भन्ने कुरा कसैले सिकाउनु पर्देन । वामपन्थीहरु बीच खेल्दै शक्ति आर्जन गर्दै आएका देउवा फेरी पनि प्रधानमन्त्री हुने नै हो
उपेन्द्र केसी
सबैलाई थाह छ, कांग्रेस सभापति शेरवहादुर देउवाको अर्जुन दृष्टि प्रधानमन्त्रीको कुर्सीमा छ । जसरी पनि छंठौ पटक प्रधानमन्त्री बन्ने उनी दाउ हेरेर बसेका छन् । सातौ पटक सम्म प्रधानमन्त्री हुने मनोकामना लिएर बसेका देउवा, प्रचण्डले देलान र खाउँला भनेर पक्कै पनि बस्ने छैनन । राष्ट्रपतिको निर्वाचनपछि उनको गतिविधि जतिसक्दो चाँडो प्रचण्डलाई विस्थापित गर्ने नै हुनेछ । प्रधानमन्त्री प्रचण्ड विरुद्धको अहिले जुन घेराबन्दी शूरु भएको छ, त्यो देउवा प्रधानमन्त्री बन्ने खेलको शूरुवात हो । देउवासंगको सहयात्रामा प्रचण्डले आफुलाई सुरक्षित हने जुन अड्कलबाजी गरेका थिए, त्यो अडकलबाजी फेल हुने संकेत देखापरिसकेको छ । राष्ट्रपतिको निर्वाचनपछि झनै प्रचण्डको सत्ता संकट गहिरीएर जाने वातावरण देखापरिसकेको छ ।
एमालेलाई धोका दिएर कांग्रेससंग प्रचण्डले गासेकोे पिरती लामो समयसम्म नजाने प्राय निश्चित नै भएको छ । एमाले–कांग्रेसलाई खेलाएर लामो समयसम्म सत्ताको राज गर्ने प्रचण्डको सोच उनले दिउँसै देखेको सपना जस्तो मात्रै हुन पुगेको छ । र, प्रचण्डले टेकेको सत्ताको धरातल डगमगाउँन थालिसेको छ । उनले टेकेको सत्ताको धरातलमा ठूलै रेक्टरको भूकम्प गएको वालुवाटारमा पूर्व माओवादीहरुको दिनहूँको बैठकले छर्लङ पारिदिएको छ । एमालेलाई टाढा र कांग्रेसलाई नजिकको सहयात्री देख्दै सोही अनुसार व्यवहार गर्दै आएका प्रचण्ड अहिले आएर तीन छक्क परेका छन । देउवालाई मित्र शक्ति ठानेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्णय ठोकेको माओवादी अहिले उनीहरुकै कारण अहिले घेराबन्दीमा परेको छ । देउवाको सहयात्रामा हिडेका प्रचण्डले अब प्रधानमन्त्री पद मात्रै होइन, अरु धेरै गुमाउनु पर्ने अवस्था देखिदैछ ।
ज्योतिषी पथमा लम्कीएका देउवालाई अन्तिम समयमा प्रचण्डले धोका दिए पछि उनी रन्थिनिएका थिए । फेरी पनि प्रधानमन्त्री हुने उनको सपनामा प्रचण्डले त्यतिबेला चिसो पानी पोखिदिएका थिए । प्रचण्डले दिएको त्यो धोकाधडीलाई कम बोल्ने बढ्ता चाल चल्ने देउवाले विर्सिएका छैनन । उनी आफ्ना लागि उपयुक्त मौका हेरेर बसिरहेका छन । र, उनी छंठौ पटक प्रधानमन्त्री हुनका लागि लालाहित छन् । दुई महिना अघि बन्ने लागेको प्रधानमन्त्री गुमाएका देउवाले जति सक्दो चाँडो प्रधानमन्त्री हुनका लागि चाल चल्ने कुरामा दुईमत छैन।
पदमा पुग्नका लागि जे जस्तो सुकै कदम चाल्न पनि नहिच्किचाउनजे देउवा प्रधानमन्त्री हुन प्रचण्डले दिएको मिति कुरेर पक्कै पनि बस्ने छैनन । नबोलेरै कामले सिध्यान सिपालु देउवाले तोकिएको समय भन्दा यतै प्रचण्डलाई विस्थापन गरे भने अचम्म मान्नु पर्देन । प्रचण्डले आफूलाई धोका दिएर बालकोटको वार्दलीमा एमाले अध्यक्ष ओलीसंगै हात हलाएको दृष्य देउवाले भुलेका छैनन । सातौ पल्ट सम्म प्रधानमन्त्री हुने सपना साचेका देउवाले संसदमा सानो संख्यामा रहेको ठूलो दललाई हल्लाएको धेरै समयसम्म हेरेर पक्कै पनि बस्ने छैनन ।
देउवा फेरी पनि प्रधानमन्त्री बन्न खुट्टा उचालेर बसेका छन भन्ने कुरा उनलाई पार्टी भित्र र वाहिरबाट राष्ट्रपतिमा उठ्न प्रस्ताब गर्दा पनि उनी तयार नहुनुले प्रष्ट पारेको छ । देशमा राष्ट्रपतिको निर्वाचनपछि देउवाले जति सक्दो चाँडो प्रचण्डलाई विस्थापित गर्ने खेल खेल्ने छन । अर्थात राष्ट्रपतिको निवाृचनपछि देउवाले प्रधानमन्त्री बन्ने मूभ गर्ने छन । देउवाले प्रधानमन्त्री बन्ने मूभ गर्दा उनलाई पार्टीभित्र मात्रै होइन, वाहिर पनि सहयोग मिल्ने संकेतहरु देखिएको छ । प्रचण्डको जो कोहीलाई उपयोग गर्ने नीतिका कारण उनी देखी पार्टीभित्र र पार्टी वाहिरका नेताहरु चिढिएका छन ।
राजनीतिमा जे पनि हुन सक्छ भन्ने कुरा राम्रैसंग बुझेका देउवाले प्रचण्डको पालो कहिले सकेला र आफू हुँला भनेर बस्ने छैनन । सत्ता प्राप्तीका लागि अलोकतान्त्रिक चरित्र प्रस्तुत गर्न अलिकति पनि लाज नमान्ने कांग्रेसले प्रचण्डको पालो कुर्ला भनेर विश्वास नै गर्न सकिदैन । सत्ता प्राप्तीकै लागि देउवाले प्रचण्डलाई विश्वासको मत दिएका होइनन
त्यसमा पनि प्रमुख प्रतिपक्ष नेकपा एमाले प्रचण्डको सत्ता वर्हिगमन हेर्न आतुर छ । प्रचण्डलाई जतिसक्दो चाँडो प्रधानमन्त्री को कुर्सीबाट हटाउनका लागि कांग्रेसलाइृ सहयोगै गर्न पनि तयार हुने मनस्थिति बनाइरुेको छ । एमाले प्रचण्डसंग ओक्रोसित भएको यही समयमा देउवाले चाल चले भने प्रचण्डलाई विस्थापित गर्न सकिने कुरा देउवाले राम्रैसंग बुझेका छन । राजनीतिमा जे पनि हुन सक्छ भन्ने कुरा राम्रैसंग बुझेका देउवाले प्रचण्डको पालो कहिले सकेला र आफू हुँला भनेर बस्ने छैनन । सत्ता प्राप्तीका लागि अलोकतान्त्रिक चरित्र प्रस्तुत गर्न अलिकति पनि लाज नमान्ने कांग्रेसले प्रचण्डको पालो कुर्ला भनेर विश्वास नै गर्न सकिदैन । सत्ता प्राप्तीकै लागि देउवाले प्रचण्डलाई विश्वासको मत दिएका होइनन ।
जबकि त्यसरी कांग्रेसले विश्वासको मत दिनु भद्धा अलोकतान्त्रिक चरित्र नै थियो । तै पनि कांग्रेसले लाज शरम पचाएर प्रचण्को नेतृत्वमा बनेको सरकारलाई विश्वासको मत दिएको होइन ? यसबाट पनि देउवाले सत्ता प्राप्तीका लागि जे पनि गर्दै आएका छन भन्ने कुरा बुझ्न सकिन्छ । अस्थिर खेलाडीका रुपमा प्रचण्ड यतिवेला चारैतिरबाट नागिएका छन । उनले दुई महिना अघि एउटा समिकरणब बनाउने र पछि अर्को समिकरण बनाएका कारण उनको बचेखुचेको लोकप्रियाताको ग्राफ नराम्रोसंग तल झरेको छ । प्रचण्डमाथि प्रहार गर्ने यो सुनौलो अबसरलाई पक्कै पनि देउवाले गुमाउने छैनन । वामपन्थी भन्ने शक्तिहरुलाई विभाजित गरेर राजनीतिक लाभ उठाउँदै आएका देउवालाई कतिखेर हतौडा उनीहरु माथि चलाउनु पर्छ भन्ने कुरा कसैले सिकाउनु पर्देन । वामपन्थीहरु बीच खेल्दै शक्ति आर्जन गर्दै आएका देउवा फेरी पनि प्रधानमन्त्री हुने नै हो ।
प्रतिक्रिया दिनुहोस्