सुर्खेत, ३० फागनु । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले कुनै विदेशी शक्तिको नुन खाएर भक्तिभाव नगर्ने बताउनुभएको छ । पार्टीको मिसन ग्रासरूट अभियान अन्तरगत सुर्खेतको गुभार्कोटमा आज आयोजित नगस्तरिय प्रशिक्षण कार्यक्रममा सचिव भट्टराईले नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाको लागि नेकपा एमालेले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको दाबी गर्नुभयो ।
पछिल्लो पटक एमाले र माओवादीबीच बनेको गठबन्धनलाई विदेशी शक्तिको प्रभाव परेर माओवादीले भत्काएको दाबी गर्नुहुँदै सचिव भट्टराईले कम्यनिष्ट गठबन्धन भत्काएर प्रचण्डले प्रतिक्रियावादीको सेवक बनेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेसहित बनेको गठबन्धन भत्काउन अध्यारो कोठाभित्र के कस्ता षडयन्त्र भए त्यो त खुल्दै जान्छ । त्यस्तो गठबन्धन बनाउन प्रचण्डले जे भूमिका खेले त्यसले उहाँको चरित्र उदागो बनाएको छ ।’
समाजवादी नामको छुट्टै पार्टी बनाएर माधव नेपाल र झलनाथ खनालले पनि कांग्रेस जस्तो प्रतिक्रियावादीको सेवा गरेको उहाँको भनाइ छ । कार्यक्रममा केन्दीय सदस्य धर्मराज रेग्मी, पूर्व सासद धुव कुमार शाही, कावा अध्यक्ष कूलमणि देवकोटा लगायतले मिसन ग्रासरूट अभियानले पार्टीलाई थप मजबुद बनाउने बताउनुभयो । कार्यक्रम कम्पुनिष्ट आन्दोलनमा योगदान पुर्याए बापत २० जना अग्रजहरूलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्