इस्लामबाद, १ चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गर्ने प्रयास जारी छ । उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगेका छन् । तर, उनलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ ।
खाननिवास बाहिर जम्मा भएका हजारौँ समर्थकले खानलाई पक्राउ गरिए पाकिस्तानमा दंगा भड्किने चेतावनीसमेत दिएका छन् । गत अप्रिलमा संसदमा विश्वासको मत नपाएका खानले सत्ताच्यूत भएपछि आमचुनावको माग गर्दै आएको बेला खानलाई पक्राउ गर्ने प्रयास गरिएको हो ।
भ्रष्टाचार र आतंकवादसम्बन्धी मुद्दामा, एक र्यालीलाई सम्बोधन गर्ने क्रममा महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा, प्रधानमन्त्री रहेका वेला राज्यका नाममा प्राप्त भएका उपहार बेचेर आर्थिक अपचलन गरेको अभियोगमा उनलाई गिरफ्तार गर्न लागिएको इस्लामावाद प्रहरीका अधिकारीहरूले बताएका छन् ।














प्रतिक्रिया दिनुहोस्