जनता टाइम्स

१ चैत्र २०७९, बुधबार १५:३८

राष्ट्रपतिको अनुहारको कोठी फेरि उम्रियो ?अनुहार पनि छिर्केविर्के !


काठमाडौं, १ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको अनुहारमा कोठी फेरि उम्रिएको छ भने छालाको रंग पनि छिर्केविर्के भएको छ । राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया लिपपोत गरेर देखाइएको थियो । देशभरका सरकारी कार्यालयमा रहने उक्त फोटो राष्ट्रपति निर्वाचन हुनुअघिका रामचन्द्र र निर्वाचित भइसकेका रामचन्द्र उही हुन् भन्न पनि नसकिने खालको बनाइएको थियो ।

सबैतिरबाट आलोचना भएपछि शीतल निवासले दुई दिनपछि फेरि पहिलेकै रामचन्द्र राष्ट्रपति निर्वाचित हुनुभएको हो भने जसरी फोटो सच्याएको छ । यसअघि सार्वजनिक गरेको तस्बिरमा पौडेलको अनुहारको पहिचान दिने कोठीलगायतलाई लिपोत गरे लुकाइएको थियो भने छालाको रङ्गलाई पनि मस्कारा लगाएर टलक्कै पारिएको थियो ।

पछिल्लो पटक राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ तस्बिरमा पौडेलको सबै हुलिया पहिलेकै रामचन्द्र पौडेल जस्तो देखिन्छ । यसअघि गालाको दुबै कोठी हटाइएकामा नयाँ तस्बिरमा देखाइएको छ भने छालाको रंग पनि पहिलेजस्तै छिर्केबिर्के देखाएको छ । पौडेलले पुस २८ मा राष्ट्रपतिको शपथ लिनुभएको थियो ।