जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार १९:०५

राष्ट्रपतिको सचिवालयमा पाँचजना नियुक्त


काठमाडौं, २ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच जनालाई नियुक्त गरिएको छ । पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गर्नुभएको थियो । त्यस्तै सहयोगी चिरञ्जिवी अधिकारी निजी सचिव नियुक्त गर्नुभएको थियो ।

नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गरिएको छ । नेविसंघका नेता सुशील तिमल्सिनालाई पनि सचिवालयमा नियुक्त गरिएको छ । राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त हुनुभएको छ ।