जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १६:४०

उपराष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना


काठमाडौं, ३ चै । नयाँ उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ उपराष्ट्रपति चयनका लागि शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म चलेको निर्वाचनको मतगणना सुरु भएको हो । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मतगणना सुरु भएको हो ।

उपराष्ट्रपति पदका लागि एमालेको अष्टलक्ष्मी शाक्य, सत्ता जसपाका रामसहायप्रसाद यादव र जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा छन् । आजै मतगणना सकेर निर्वाचित प्रमाणपत्र प्रदान गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्य मतदाता हुन् । उपराष्ट्रपतिमा संघीय संसदका ३११ सांसद र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ ।