जनता टाइम्स

२१ चैत्र २०७९, मंगलवार ०८:१०

काठमाडौं महानगरले माग्यो ५१ जना कार्यालय सहयोगी


काठमाडौं । काठमाडौं महानगरपालिकाले ५१ जना कार्यालय सहयोगी माग गरेको छ । महानगरले अनलाइन सूचना प्रणाली मार्फत करार सेवामा ५१ जना कार्यालय सहयोगीहरु माग गरेको महानगरको सूचनामा उल्लेख छ ।

काठमाडौं महनगरपालिकामा कायम रहेको खाली दरबन्दीमा कार्यालय सहयोगी पद करारमा पूर्ति गर्नु पर्ने भएकोले दरखास्त आह्वान गरिएको महानगरले जनाएको छ ।

१० कक्षा पास गरेका १८-३५ वर्षसम्मका पुरुष र १८-४० वर्षसम्मका महिलाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । उम्मेदवारले ‘कार्यालय सहयोगी अनलाइन दरखास्त प्रणाली’ मार्फतमात्र आवेदन दिनुपर्ने नियम महानगरले जनाएको छ ।