जनता टाइम्स

२२ चैत्र २०७९, बुधबार १९:०३

मुगुमा एक प्रहरी जवानले गरे आत्महत्या


मुगु २२ चैत । मुगुमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ का बुवा देब भक्त बुढाका छोरा वर्ष २६ का अनिल बुढाले बुधवार दिउँसो अन्दाजि २ः४५ बजेतिर आत्महत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छाँयानाथ रारा नगरपालिका वडा नं १ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डी आत्म हत्या गरेको गरेको जनाएको छ ।

नेपाल प्रहरी बिशेष सुरक्षा गण सुर्खेत हाल नेपालगंज कोहलपुर बाँके दरबन्दि भई यस जिल्ला प्रहरी कार्यालय मुगुमा काज खटि आई अस्थाई प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत रहेको प्रहरी नायव उपरिक्षक महेशले बताउनुभयो । उहाँका अनुसार मृतक बुढाको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको बिषयमा अनुसन्धान भई रहेको बताउनुभयो ।