जनता टाइम्स

२४ चैत्र २०७९, शुक्रबार १४:२४

बलात्कार आरोपमा एक पुरुष पक्राउ


ओखलढुंगा, २४ चैत । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका–२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई प्रहरीले पक्राउ गरेको छ ।

कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।