काठमाडौं, २४ चैत । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ । संसद भवनको एक नम्बर गेट अगाडि एक जना युवकले आत्मदाहको प्रयास गरेका हुन् । पहिचान नखुलेका ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए । तर, उनलाई तत्काल प्रहरीले उद्धार गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्मदाहको प्रयास गरेको देखिएको बताउनुभयो । प्रहरीका अनुसार युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए । यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्