जनता टाइम्स

२५ चैत्र २०७९, शनिबार १५:५०

ह्याम्स अस्पतालमा अवतरण गर्ने क्रममा हेलिकोप्टरको पंखा खस्यो


काठमाडौं, २५ चैत । ह्याम्स अस्पतालको हेलिप्याडमा ल्याण्ड हुने क्रममा अल्डिच्युट एयरको हेलिकोप्टरको पंखा खसेको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालका डाक्टरलाई चितवन लिएर जानका लागि त्रिभुवन विमानस्थलबाट हेलिप्याडमा अवतरण गर्दा पछाडिको पंखा खसेको ह्याम्सका अध्यक्ष रामशरण (आर.एस) भण्डारीले जानकारी दिनुभयो ।

अल्टिच्युटको हेलिकोप्टरको पंखा खसेपछि डाइनेस्टीको हेली लिएर डाक्टरको टोली चितवन पठाइएको भण्डारीले बताउनुभयो । पंखा खसेको हेलिकोप्टर अस्पतालको हेलिप्याडमै छ । प्राविधिक आएर बनाएपछि लैजाने तयारी गरिएको छ । ल्यान्ड भैसकेको अवस्थामा पंखा खसेको हुँदा पाइलट सकुशल रहेको पनि उहाँले बताउनुभयो ।