जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १०:३९

नेपालगञ्जमा एमाले अध्यक्ष केपी ओली, यस्तो छ आजको कार्यक्रम


नेपालगञ्ज, चैत २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज आइपुग्नु भएको छ । राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटनको लागि एमाले अध्यक्ष ओली आज बिहान नेपालगञ्ज आउनुभएको हो ।

अध्यक्षको साथमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पनि कार्यक्रममा भाग लिन नेपालगञ्ज आउनुभएको छ ।

विमानस्थलमा अध्यक्ष ओलीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल लगायतले स्वागत गर्नुभएको थियो ।

आज उद्घाटन हुने महाधिवेशन चैत २९ गतेसम्म चल्ने छ । महाधिवेशनमा भाग लिन देशभरका युवा नेपालगञ्जमा जम्मा भएका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न राजनीतिक प्रस्ताव समेत पास गर्दै छ ।