जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १४:२१

दलाई लामाले बालकलाई जिब्रो चुस्न लगाएपछि


काठमाडौं, चैत २७ । विश्व प्रसिद्ध तिब्बती धर्म गुरु दलाई लामा चुम्बनको कारण विवादमा फसेका छन् । एक नाबालकलाई चुम्बन गरिसकेपछि आफ्नो जिब्रो चुस्न लगाएको भिडिओ सार्वजनिक भएसँगै उनी विवादमा फसेका हुन् ।

सार्वजनिक भिडिओमा लामाले एक नाबालकलाई सुरुमा अंगालो हाल्छन् र हाँस्दै आफ्नो जिब्रो चुस्न लगाउएको देखिन्छ । उनको यो व्यवहार अस्वाभाविक र घीनलाग्दो भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । लामाले आफ्नो सो कार्यप्रति माफी मागेका छन् ।

‘हालैको भेटघाटको एक भिडिओ सार्वजनिक भएको हो । बालकले मलाई अंगालो दिन सक्नुहुन्छ भनी सोधेका थिए । म बालक, उनका परिवार साथै उनका साथीहरुसँग मैले निम्त्याएको चोटका लागि माफी माग्न चाहन्छु । मैले प्रायः सार्वजनिक रुपमै क्यामराको अगाडि नै निर्दोष मानिसहरुलाई जिस्काउने गर्छु । म यो घटनाप्रति माफी माग्न चाहन्छु’, उनले भनेका छन् ।