जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १६:१८

युवा संघ सामाजिक अराजकताविरुद्ध नेपाली जनताको रक्षाकवच : समिक बडाल


नेपालगञ्ज, चैत २७ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष समिक बडालले राष्ट्रिय युवा संघ नेपाल नेपालको युवा आन्दोलनलाई कता लैजाने भन्ने निर्णायक शक्ति भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सोमबार नेपालञ्जमा सम्बोधन गर्दै बडालले राष्ट्रिय युवा संघ नेपाल नेपाल र नेपालीको रक्षfकवच भएको बताउनुभयो ।

मुलुकको रक्षा र सामाजिक कुरीति विरुद्धको आन्दोलन राष्ट्रिय युवा संघ नेपालले चलाएको उहाँले बताउनुभयो । ‘सामाजिक अराजकताको विरुद्ध नेपाली जनताको सुरक्षाको रक्षाकवच भएर राष्ट्रिय युवा संघले जुन भूमिका खेलेको छ, त्यसले नेपाली आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनीको मन जितेको छ’, उहाँले भन्नुभयो ।

आज नेकपा एमाले र त्यसका जनसङ्गठनलाई देश र दुनियाँले हरेका उहाँले बताउनुभयो । त्यसको खरो जवाफ व्यवहारमा दिनु पर्ने उहाँले प्रष्ट पार्नुभयो । उहाँले राष्ट्रिय युवा संघ नेपाललाई एउटा उदाहरणीय संगठन बनाउनु पर्नेमा जोड दिनुभयो ।