नेपालगंज, चैत २७ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सही विचार र सक्षम नेतृत्वले मात्र संगठनलाई अघि बढाउन सक्नेबताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सोमबार नेपालञ्जमा सम्बोधन गर्दै पौडेलले सबै कुरा हुँदा पनि नेतृत्व सहीभएन भने संगठन गन्तव्यमा नपुग्ने बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाललाई सही गन्तव्यमा पुर्याउन महाधिवेशनले सही नेतृत्व छान्ने पौडेलले विश्वास व्यक्त गर्नुभयो । युवा संघले सबैविधाका युवालाई नेतृत्व दिन सक्ने उहाँले प्रष्ट पार्नुभयो ।
सबै सृजनशील युवाको आशा र भरोसाको केन्द्र राष्ट्रिय युवा संघ नेपाल हुने पर्ने उहाँले बताउनुभयो । हरेक वर्ग, क्षेत्र र समुदायकायुवाको प्रतिनिधित्व राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्ने उहाँले जोड दिनुभयो । ‘अनेक विधाका युवाको नेतृत्व राष्ट्रिय युवा संघ नेपाललेगर्नुपर्दछ’, उहाँले भन्नुभयो ।
देशलाई जुन हिसाबले अघि बढाइँदै छ त्यसको विरुद्ध राष्ट्रिय युवा संघ नेपाल रातो फेटा बाँधेर सडकमा निस्कनु पर्ने अवस्था आउनेउहाँले बताउनुभयो ।
‘राष्ट्र, राष्ट्रको स्वाभिमान र देशको रक्षाको निम्ति राष्ट्रिय युवा संघ नेपाल टाउकोमा कफन बाँधेर सडकमा उत्रिनुपर्ने स्थिति आउन सक्छ’, उहाँले भन्नुभयो ।
पौडेलले वर्तमान आपराधिक गठबन्धनको विरुद्ध सडकमा उत्रनु पर्ने अवस्था आउने बताउँदै त्यसको लागि तयार गर्नुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको गठबन्धन एमालेको विरुद्धको गठबन्धन भएको बताउनुभयो । एमाले सबै खालका गठबन्धनलाई एक्लै परास्त गर्नसक्षम रहेको उहाँले बताउनुभयो ।
अस्थिरताको चक्रव्यूहमा मूलकलाई लैजाने काम यही गठबन्धनले गरेको उहाँले दाबी गर्नुभयो ।
एउटा दलले एकल बहुमत नल्याएसम्मदेशमा स्थिरता नल्याउने उहाँले बताउनुभयो । देशमा एकल बहुमतको सरकार एमाले बाहेक अरूले बनाउन नसक्ने उहाँले दाबी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्