जनता टाइम्स

२८ चैत्र २०७९, मंगलवार २२:४९

नक्कली वकिल बनेर ३१ लाख ठगी


काठमाडौं, २८ चैत्र । नक्कली वकिल बनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।कानुन व्यवसायी हुँ भनेर बैंकिङ कसुर मुद्दामा थुनामा रहेका मानिस छुटाइदिन्छु भनेर ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले जाजरकोटका ४९ वर्षका मानबहादुर सिंहलाई पक्राउ गरेको हो ।

छेडागाड नगरपालिका–१२ घर भएका उनले भरतबिक्रम सिंह, भक्तबहादुर सिंह र भरतबहादुर सिंह नाम प्रयोगमा ल्याउने गरेका थिए ।उनले अरुकै नामको कानुन व्यवसायीको लाइसेन्स र सवारी चालक अनुमतिपत्र प्रयोगमा ल्याएको पाइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।