जनता टाइम्स

२९ चैत्र २०७९, बुधबार २२:४२

१३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस


काठमाडौं, २९ चैत्र । नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा कुवेर कडायत छन्।त्यस्तै, दोस्रो नम्बरमा केदार ढकाल र तेस्रो नम्बरमा विष्णु कुमार केसी सिफारिस भएका छन्।