नयाँ दिल्ली, ३० चैत । इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२३ मा सिजनको १७ औं खेलमा राजस्थान रोयल्स तेस्रो जित सहित शीर्ष स्थानमा उक्लिएको छ।
चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा आफ्नो चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा राजस्थानले चेन्नाई सुपर किंग्सलाई ३ रनले पराजित गरेको हो ।
राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्र बनायो ।
चेन्नाईका लागि ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौकाका साथ ५० रनको अर्धशतकीय ईनिङ खेले ।
अजिक्का राहानेले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा अविजित ३२ रन बनाए ।
रविन्द्र जडेजाले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २५ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २र२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान १र१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।
राजस्थानका लागि ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
देवदत्त पडिकलले २६ बलमा ३८ रन बनाउँदा रविचन्द्रन आश्विनले २२ बलमा ३० रन बनाएका थिए ।
शिमरन हिटमायरले १९ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाउँदा ओपनर यसस्वी जैसवाल १० रनमा आउट भएका थिए ।
चेन्नाईका लागि तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २र२ तथा मोईन अलिले १ विकेट लिएका थिए ।
पहिलो खेलमा चेन्नाई गुजरात टाइटन्ससँग पराजित भएको थियो । दोस्रो र तेस्रो खेलमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।
उता,राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो । दोस्रो खेलमा पन्जाब किंग्ससँग पराजित राजस्थानले तेस्रो खेलमा भने दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो ।
चौथो खेलमा तेस्रो जित हात पारेको राजस्थान ६ अंकका साथ १० टिम सहभागी यस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
चौथो खेलमा दोस्रो हार व्यहोरेका चेन्नाई ४ अंकका साथ पाँचौ स्थानमा कायम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्