काठमाडौं, बैशाख १ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र कृषि बिकास बैक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
सम्झौतापत्रमा कृषि बिकास बैक लिमिटेडको तर्फबाट प्रमुख प्रमुख कार्यकारी अधिकृत गोविन्द गरूङ र नेपाल रेमिट इन्टरनेशनल प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गर्नुभयो ।
विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा कामगर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. तथा देश भरी तीन सय वटा भन्दा वढि शाखा कार्यलय र थुप्रै एक्स्टेन्सन्न काउन्टर मार्फत बैँकिङ्ग सेवाहरु जस्तै क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, ईन्टरनेट बैंकिङ आदि सेवाहरु समेत प्रदान गर्दै आएको कृषि बिकास बैंकबीच सम्झौता पश्चात नेपाल रेमिटमार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानलमार्फत पठाएको रकम देशका
७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट प्राप्त गर्न सक्नेछन् । यसका साथै कृषि बिकास बैंकसँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनल प्रालिले अब देशभर १२ हजार भन्दा बढी स्थानबाट आफ्नो सेवा प्रदान गर्न सक्नेछ।
डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।













प्रतिक्रिया दिनुहोस्