काठमाडौं, ५ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइर संक्रमणबाट दुई जनाको मृत्यु भएको जनाएको छ । मंगलबार अपरान्ह मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुईजना संक्रमितको मृत्यु भएको हो । साथै पछिल्लो २४ घण्टामा दुई हजार २९२ वटा नमुना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । आज दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकामा २२ जना संक्रमितको संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् भने ८ जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले सार्वजनिक विवरणमा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्