काठमाडौं, बैशाख ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार अर्थात वैशाख ७ गते ६ घण्टा उडान र अवतरण सेवा बन्द हुने भएको छ । विमानस्थलका अनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहने छ ।
विमानस्थल कार्यालयले एक सूचना प्रकाशित गरी अनलाइन यूपीएस जडान गर्दा विद्युत् आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने जनाएको छ ।
उक्त सूचना अनुसार उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुलाई अनुरोध गरेको छ ।













प्रतिक्रिया दिनुहोस्