जनता टाइम्स

७ बैशाख २०८०, बिहीबार ०५:३५

नेपाल प्रहरीका १३ एसएसपी डिआइजीमा बढुवा (सूचीसहित)


काठमाडौं, बैशाख ७ । नेपाल प्रहरीका १३ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा भएका छन ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलवार बढुवा समितिको सिफारिशअनुसार १३ जना एसएसपीलाई डिआइजमा बढुवाको निर्णय गर्नुभएको हो ।

डिआइजिमा पहिलो नम्बरमा बढुवा हुनेमा कुबेर कडायत हुनुहुन्छ । यस्तै दोस्रो नम्बरमा केदार ढकाल, तेस्रोमा बिष्णुकुमार केसी, चौथोमा भरतबहादुर बोहोरा, पाँचौमा रबिन्द्र केसी र छैटौं नम्बरमा राजेशनाथ बास्तोला रहनुभएको छ ।

यसैगरी चन्द्रकुबेर खापुङ,जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञबिनोद पोखरेल र बिकाश राज खनाल डिआइजीमा बढुवा हुनुभएको हो ।