काठमाडौं, बैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले निर्वाचन आचारसंहितालाई उल्लंघन गरेको भन्दै त्यसप्रति कडा आपत्ति जनाउनु भएको छ ।
नेपाल कम्युनिष्ट पाटीको ७५ औं स्थापना दिवसको अवसरमा एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । सत्ता गठबन्धनमा आबद्ध दलहरूलाई लक्षित गर्दै उहाँले अरुलाई भोट खसाउन नदिने र बुथ कम्जा गर्ने गरेको पनि बताउनु भयो ।
’सरकारी हेलिकोप्टर लिएर गएर प्रलोभन बाँढ्ने काम गरे, आचारसंहितालाई पिटपाट गरेर धुलो पिठो बनाएर अचार बनाइसकेका छन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘बुथ कब्जा गर्छन, केको आचारसंहिता ? अरुलाई भोट खसाउन दिँदैनन केको आचारसंहिता ? मानिसलाई कुट्छन के को आचारसंहिता ?’
ओलीले तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेका पिताको मोटरमा भएको तोडफोडको घटनामा पनि कारबाही नभएको भन्दै असन्तुष्टी जनाउनु भयो ।
’तनहुँमा एक जना उम्मेदवारका बुढा बाउको पार्किङमा राखिएको मोटरमा तोडफोड भयो । यो सत्ताको उन्माद होइन ? तर केही कारबाही हुँदैन ?’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्