जनता टाइम्स

९ बैशाख २०८०, शनिबार १८:४२

मुख्यमन्त्री खगराज अधिकारीले पाएनन बिश्वासको मत, ढल्यो गण्डकी प्रदेश सरकार


पोखरा, बैशाख ९ । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । प्रदेशसभाबाट बिश्वासको मत पाउन नसकी मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेको हो ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले आज गण्डकी प्रदेशसभामा बिश्वासको मत लिँदा बहुमत सदस्यको समर्थन जुटाउन असफल हुनुभएको हो ।

आज भएको मतदानमा बिश्वासको मतको पक्षमा २४ मत परेको थियो । यस्तै बिपक्षमा ३५ मत परेको छ । कुल ५९ सदस्य मतदानमा सहभागी भएकोमा २४ मत मात्रै प्राप्त गर्नुभएकोले अधिकारी नेतृत्वको सरकार ढलेको हो ।