बारा, बैशाख ११ । बारा २ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता लिनुभएको छ ।
पछिल्लो परिणाम अनुसार जनमत पार्टीका कुशवाहाले ६ सय २८ मत ल्याउनु भएको छ । उहाँलाई पछ्याइरहेका जसपाका यादवले ५ सय ७१ मत ल्याउनु भएको छ ।
त्यस्तै नेकपा (एमाले) का पुरूषोत्तम पौडेलले ५ सय १० मत ल्याउनु भएको छ भने चौथोमा रहेका रास्वपाका रमेश खरेलले २ सय ३६ मत पाउनु भएको छ । यसअघि जसपाका यादवले सुरूआती अग्रता लिनुभएको थियो । अव उहाँ पछि पर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्