जनता टाइम्स

११ बैशाख २०८०, सोमबार १६:३२

रविको अग्रता कायमै, कडा टक्करमा एमालेका रामप्रसाद : धेरै पछि परे कांग्रेसका जीतनारायण


चितवन, बैशाख ११ । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।

अहिलेसम्मको परिणामअनुसार लामिछानेले नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई साढे २ सय मतले पछि पार्दै अग्रता लिनुभएको हो ।

लामिछानेले १४ सय ९२ मत पाउनु भएको छ भने एमालेका न्यौपानेले ११३३ मत पाउनु भएको छ । यस्तै ७ सय ९५ मतका साथ नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले पच्छ्याइरहनु भएको छ ।