जनता टाइम्स

१२ बैशाख २०८०, मंगलवार १८:४६

जसपाकै गढमा बढी मत ल्याउँदै उपेन्द्रसँग शिवचन्द्रले घटाए मतान्तर


बारा, बैशाख १२ । बारा २ को उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा देखिएको छ । महागढीमाई नगरपालिकाको मत गणना भइरहँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउनु भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले १८ हजार ८०८ मतका साथ अग्रता कायम राख्दा जनमतका कुशवाहाले १५ हजार ४८५ मत पाउनु भएको छ । आज मध्यान्हसम्म उपेन्द्रले ५ हजारभन्दा बढी मतान्तर कायम गर्नुभएको थियो । तर, अहिले उहाँहरुबीच ३ हजार ३२३ मतको मतान्तर देखिएको छ । महागढीमाई नगरपालिकामा जनमतका उम्मेदवार कुशवाहाले बढी मत ल्याएपछि मतान्तर घटेको हो ।

नेकपा एमालेका पुरुषोत्तम पौडेल ५ हजार ५६३ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार २६८ मतका साथ चौथो स्थानमा हुनुहुन्छ । महागढीमाई नगरपालिकामा जनमतका नेताहरुले पनि आफ्नो मत बढ्ने अनुमान गरेका थिए ।