जनता टाइम्स

१५ बैशाख २०८०, शुक्रबार १४:४६

नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ


काठमाडौं, १५ वैशाख । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले शुुक्ररबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुुवाउनुभएको हो ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन–२ बाट लामिछाने र तनहुँ–१ बाट वाग्ले निर्वाचित हुनुभएको हो ।

बारा–२ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले शपथ लिन बाँकी रहेको छ ।