काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति चासो व्यक्त गर्नुभएको छ ।
१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आफ्नो अभिव्यक्तिप्रति चासो व्यक्त गरेको जानकारी दिनुभएको छ ।
गत मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग लामिछानेले सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थन राखिराख्नु औचित्य नभएको अभिव्यक्ति दिनुभएको थियो ।
उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई टेलिफोन गरेर चासो राख्नुभएको थियो । आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो अभिव्यक्तिबारे चासो राखेको लामिछानेले बताउनुभयो ।
शुक्रबार शपथ ग्रमण समारोहमा उहाँले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्