काठमाडौं, १६ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्यांग्रो ठटाएर लखेटिने चेतावनी दिनुभएको छ ।
माइतीघर मण्डलामा शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थालेका पुनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको हो ।
पुनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले अरु हेर्ने विभाग भए पनि अनुसन्धान, आविष्कार नवप्रवद्र्धन हेर्ने विभाग गठन गरिनुपर्ने माग पूरा नभएसम्म धर्ना जारी रहने बताउनुभयो।
पुनले नेताहरूले बोलेर मात्रै विकास नहुने हुँदा काम गर्नुपर्ने औंल्याउनुभयो।













प्रतिक्रिया दिनुहोस्