जनता टाइम्स

१७ बैशाख २०८०, आईतवार १८:३१

भक्तपुरमा खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने


भक्तपुर, १७ वैशाख। भक्तपुर युवा टिम भक्तपुर(७ गोल्मढीको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते भक्तपुरको गोल्मढीस्थित झौरबही महाविहारमा हुने जनाइएको छ ।

टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । ग्वाछाको हालै निधन भएको थियो । ग्वाछा जिल्लाका चर्चित बुद्धिचाल खेलाडी हुनुहुन्थ्यो ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्रको पनि व्यवस्था रहेको आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था छ । साथै चौथौ हुनेलाई आठ हजार, पाँचौँ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँच हजार नगद पुरस्कारको व्यवस्था रहेको उहाँले जनाउनुभयो ।