काठमाडौं, १७ वैशाख । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किने भएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल आइतबार अस्पतालबाट डिस्चार्ज भई आइतबार राति स्वदेश फर्किन लागेको जनाएको हो ।
‘राष्ट्रपतिको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पेट र छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका पौडेल ६ वैशाखमा एयर एम्बुलेन्समार्फत गएर दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स०मा भर्ना भई थप उपचार गराइरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्