रामेछाप, २५ वैशाख । अचेल मोहनबहादुर महत (६६) र उनकी श्रीमती रामकुमारी कार्की (५०) महत पुस्तक बोकेर सँगसँगै विद्यालय जानुहुन्छ । महत जोडीसँगै उनीहरूका २ छोरी अनिषा र मनिषा पनि विद्यालय जानुहुन्छ । सामान्य किराना पसल तथा कृषि पेसाले जीवन गुजारा गर्दै आएका मोहनबहादुरलाई यतिबेला पढ्न जाने जोस चलेको छ । ईसीडीमा र कक्षा २ मा पढ्ने सानी छोरी डोर्याउँदै लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटमा रहेको भृंगेश्वर माध्यमिक विद्यालय धारापानी पुग्नुहुन्छ महत दम्पती ।
मोहनबहादुर र रामकुमारीजस्तै जानुका महत र वैकुण्ठ महतका दम्पती र धनबहादुर र प्रमिला महतका दम्पती पनि सँगसँगै विद्यालय जानुहुन्छ । बालापनमा पढ्न नपाएको गुनासो छ, मोहनबहादुरको । ‘बालखैमा पढ्न त मन थियो नि पाइएन । अब यही उमेरमा भए पनि पढाइको तिर्सना मेट्न मन लाग्यो ।’ मोहनबहादुरले भन्नुभयो ‘पढाइबिना केही नहुने रहेछ भनेर यो उमेरमा बुझियो ।’ महत दम्पतीजस्तै महिला स्वयंसेविका पनि विद्यालयमा भर्ना जान थाल्नुभएको छ ।
नेपाल सरकारले महिला स्वयंसेविकाको शैक्षिक योग्यता कक्षा ८ पास अनिवार्य गरेसँगै महिला स्वयंसेविका जानुका महत र पार्वती महत पनि विद्यालय भर्ना हुनुभएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्