जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार १५:४१

एमाले सचिवालय बैठक सुरु, यस्ता छन एजेण्डा


काठमाडौं, बैशाख २६ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमाले मुख्यालय च्यासलमा भर्खरै बैठक सुरु भएको हो ।

मिसन ग्रासरुट सञ्चालनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनसहित बैठकको एजेण्डा तय गर्न आज बैठक बसेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा पार्टीले लिनुपर्ने नीतिको बिषयमा आफ्नो धारणा राख्नुहुनेछ भने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिने छ ।