काठमाडौं, २७ बैशाख । आज प्रि बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिदैँ हुनुहुन्छ ।
गत आइतवार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लाग्नुभएको हो ।
गत बैशाख २५ देखी प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदहरुले आा–आफनो धारणा राखिसक्नुभएको छ । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सासदहरुले उठाएका सवालको जवाफहरु भने हिजै दिइसक्नुभएको छ । उहाँले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गर्नुभएको छ ।
संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि बजेटका बारेमा छलफल सुरु गर्नुभएको थियो । गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।
शुक्रवार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भईसकेको छ । उहाँहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्