काठमाडौं, बैशाख २७ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले लोकतन्त्र नै समाप्त पार्ने खेल सुरु भएको जिकिर गर्नुभएको छ ।
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको पक्राउ पुर्जीका लागि प्रहरीले काठमाडौं जिल्ला अदालत लगेका बेला त्यहीँ पुग्नुभएका सहमहामन्त्री यादवले एउटा प्रकरण देखाएर लोकतन्त्रमाथि नै आक्रमण भएको बताउनु भयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण नै पछिल्लो समयका मुख्य दोषी रहेको प्रमाण भेटिएपछि प्रहरीले आज पक्राउ गरेको थियो । खाणलाई चार दिन हिरासतमा राख्ेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाइसकेको छ ।
‘यो शैलीले अघि बढ्यो भने मिडिया पनि रहनेवाला छैन, लेखेर राख्नोस, यो डेमोक्रेसी माथिको आक्रमण हो,’ यादवको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्