काठमाडौं, बैशाख २९ । नेकपा एमालेका नेता भीम रावलले अपराधमा कानुन बमोजिम सजाय पाएकाहरूलाई छुट दिने कानुन बनाउने कुराले सुशासनको धज्जी उडाएको बताउनु भएको छ ।
नेता रावलले ट्वीट गर्दै अपराधमा सजाय पाएकाहरूलाई सत्ता र धनको स्वार्थमा छुट दिन खोजिएको भन्दै कडा आपत्तिसमेत जनाउनु भएको छ । ‘राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण एवं निहित स्वार्थका लागि राज्यसत्ताको चरम दुरूपयोग निन्दनीय छ,’ उनले लेखेका छन्, ‘अपराधमा कानुन बमोजिम सजाय पाएकाहरूलाई समेत सत्ता र धनको स्वार्थमा छुट दिने कानुन बनाउने निर्लज्ज कूकृत्यले सुशासनका कुराको धज्जी उडाएको,’ रावलले भन्नुभएको छ ।
सरकारले पूर्वसांसद रेशम चौधरी, सिके राउत नेतृत्वको पार्टीका नेता कार्यकर्ता र विप्लव नेतृत्वको माओवादीका नेता र कार्यकर्ताको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधन बिद्येयक दर्ता गराएको छ। सोही बिषयमा रावलले आपत्ति जनाउनु भएको हो ।
सरकारले प्रतिनिधि सभामा दर्ता गराएको केही नेपाल ऐन संशोधन विधेयकमार्फत् फौजदारी कार्यविधि संहितामा संशोधन गर्दै नयाँ दफा थप गर्न लागेको हो। सोही बिषयमा रावलले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत राख्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्