धनगढी, ३० वैशाख । भारतमा एक नेपालीको शव फेला परेको छ । अछामको मंगलसेन नगरपालिका वर्डा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला पर्नुभएको हो । भारतमा रहनुभएको पत्रकार ललिता विश्वकर्माले हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका नाथको शव फेला परेको बताउनुभएको छ ।
मृतकका आफन्तका अनुसार उहाँको हत्या गरिएको आशंका गरिएको छ । उहाँको शरीरमा चोट लागेको छ ।व्यापारीहरूले नाथको हत्या गरेको परिवारका सदस्यको आरोप छ । उहाँको शव नदीमा फेला परेको थियो । हरियणा प्रहरीले उहाँको शव नदीबाट निकालेको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ ।













प्रतिक्रिया दिनुहोस्