जनता टाइम्स

३१ बैशाख २०८०, आईतवार ०७:०६

प्रभावकारी बन्दै ल्याप्रोस्कोपी विधि


काठमाडौँ, ३१ वैशाख । नेपालमा ल्याप्रोस्कोपी विधिबाट गरिने शल्यक्रिया प्रभावकारी बन्दै गएको छ। विदेशमा अत्यधिक प्रयोग भइरहेको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया नेपालमा भने कम हुने गरेको छ। नेपालमा निजी अस्पताल तथा केही सरकारी अस्पतालबाट ल्याप्रोस्कोपी विधिबाट सर्जरी गर्ने गरिएको छ।

स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा। गणेश दङ्गालले नेपालमा ल्याप्रोस्कोपी सर्जरी सुरु भए पनि विदेशमा जस्तो अत्याधुनिक प्रयोग भने हुन नसकेको बताउनुभयो। हाल यो प्रविधि प्रयोग जनरल सर्जनले गर्ने गरेका छन्। उहाँले स्त्रीरोगमा महिलाले बच्चा जन्माउन ल्याप्रोस्कोपी सर्जरी प्रयोग नहुने भन्दै त्यसबाहेकका रोगमा ल्याप्रोस्कोपी सर्जरी गर्न सकिने बताउनुभयो। डा। प्रकाश पौडेलले नेपालमा २५र३० वर्ष अघिदेखि नै ल्याप्रोस्कोपी विधिबाट सर्जरी हुन थालेको बताउनुभयो।

स्त्रीरोग विशेषज्ञ डा। जागेश्वर गौतमले ल्याप्रोस्कोपी सर्जरीको युनिट तयार गर्न कम्तीमा दुई करोड रुपियाँ लाग्ने जानकारी दिनुभयो।

यसैबिच नेपालमा ल्याप्रोस्कोपी सर्जरीलाई सर्वसुलभ बनाउन पहिलो राष्ट्रिय गोष्ठी सुरु भएको छ। शनिबार काठमाडौँमा सुरु भएको सम्मेलनमा पूर्वउपराष्ट्रपति परमानन्द झाले ल्याप्रोस्कोपी विधिबाट सर्जरी गर्दा प्रभावकारी हुने भएकाले यसलाई सहज बनाउनुपर्ने बताउनुभयो। उहाँले नेपालका अस्पतालमा ल्याप्रोस्कोपी विधिबाट सर्जरी गर्दा बिरामीलाई धेरै फाइदा पुग्ने भएकाले यो विधिलाई देशव्यापी बनाउनुपर्ने बताउनुभयो। कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले स्वास्थ्य क्षेत्रमा भएका कामको प्रवर्धन गर्नुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने भन्दै स्वास्थ्यप्रति जागरुक हुनुपर्ने बताउनुभयो। उहाँले ल्याप्रोस्कोपी सर्जरीलाई बढाउन मिडियाको भूमिका रहने बताउनुभयो।

महाप्रबन्धक ऐरीले ल्याप्रोस्कोपी सर्जरी अत्याधुनिक विधा भएकाले यसको महत्व रहेको बताउनुभयो। नेपालका दुर्गम क्षेत्रमा अझै खुकुरीले सालनाल काट्ने चलन रहेको बताउनुभयो। स्वास्थ्य क्षेत्रमा सेवाभन्दा पनि व्यापारिक दृष्टिकोणबाट अघि बढिरहेको उहाँको भनाइ छ।

गोष्ठीमा डा। रेसद प्यासिक, डा। गणेश दङ्गाल, डा। सन्दीप श्रेष्ठ, डा। ज्यानमिङ, डा। याङ कुयाङ, डा। मनोजकृष्ण श्रेष्ठ, डा। ज्योत्सना शर्मा र डा। राजन शाहले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। गोरखापत्रबाट